फातीलाई भित्राउने प्रयासमा प्रिमियर लिग क्लब

प्रिमियर लिग क्लब आर्सनल, बार्सिलोनाको वन्डरकिड अन्सु फातीलाई साइन गर्न इच्छुक रहेको चर्चा हुँदै गर्दा आर्सनलले अन्सु फातीको एजेन्टसँग सम्पर्क गरेको रिपोर्ट छ।

स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्नो वन्डरकिड अन्सु फातीलाई बेच्न तयार हुने खबर रहेको बेला धेरै क्लबहरू उनलाई साइन गर्न इच्छुक रहेको छ र हाल खबर अनुसार आर्सनलले उनको उपलब्धता वारे उनको एजेन्ट सँग सम्पर्क बनाएको छ।

यो ट्रान्सफर विन्डो निकै सक्रिय रहेको आर्सनल थप खेलाडीहरू साइन गर्ने योजनामा रहेको छ र नयाँ विंगर भित्राउने कोच मिकेल आर्टेटा इच्छुक रहेको देख्न सकिन्छ।

बार्साको ला मासिय एकेडेमीको उत्पादन रहेका अन्सु फातीको केही समय पहिले धेरै चर्चा हुने गरेको थियो तर उनले चोटको कारण धेरै खेल गुमाउँदै आएका छन् भने कठिन आर्थिक अवस्थाको कारण पनि बार्सा उनलाई बेच्ने योजनामा रहेको रिपोर्ट छ।

फाती पनि क्लब छोड्न तयार हुने जानकारी रहेको बेला धेरै क्लबहरूको नजर उनी माथि रहेको छ र हाल आर्सनलले उनको एजेन्ट सँग सम्पर्क बनाएको जानकारी छ भने आर्सनल सहित उनको नाम टोटेनह्याम सँग पनि जोडिएको छ।

हाल स्पेनिस फोवार्डले बार्साको लागि ११० खेल खेल्दै २९ गोल र १० असिस्ट गरेका छन्। २०/२१ सिजनमा उनको घुँडामा गम्भीर चोट लागेको थियो जसको कारण उनले १ वर्ष सम्म मैदान बाहिर बिताए र त्यस बेला देखि देखि चोटबाट संघर्ष गर्दै आएका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ