म्यान्चेस्टर युनाइटेडको लगातार दोस्रो जित

इङलिस प्रेमिएर लिग क्लब म्यान्चेस्टर युनाइटेडले प्री सिजन खेलमा दोस्रो लगातार जित हासिल गरेको छ ।

फ्रेन्च क्लब लियोनबिरुद्ध भएको खेलमा म्यान्चेस्टर युनाइटेडले १-० को जित निकालेको हो ।

स्कटल्याण्डको एडिनबर्गमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफको ४९ औं मिनेटमा डोनि भ्यान डि बिकको गोल मार्फत जित दर्ता गरेको हो ।

अब युनाइटेडले २३ जुलाईमा आर्सनलको सामना गर्नेछ ।