प्रिमियर लिगमा चम्किँदै जापनिज स्टार 

प्रिमियर लिगको नयाँ सिजनमा हाल ब्राइटनको निकै उत्कृष्ट प्रदर्शन जारी रहेको छ र उक्त टिमका जापनिज स्टार मिटोमाको पनि हाल धेरै चर्चा हुँदै गरेको छ।

ब्राइटनले नयाँ सिजनको पहिलो दुई खेलमै ४-१को जित हासिल गरेको छ भने वुल्भ्स विरुद्ध शनिवारको जितमा मिटोमाको प्रदर्शन निकै अविश्वसनीय रह्यो। खेलको १५ औँ मिनेटमा पहिलो गोल गर्न उनले निकै उत्कृष्ट ड्रीबल गर्दै सोलो गोल गरेका थिए र ४६ औँ मिनेटमा टिमको दोस्रो गोलको लागि उनले असिस्ट गरेका थिए।

मिटोमालाई ब्राइटनले २०२१मा जापनिज क्लब कावासाकी फ्रन्टबाट साइन गरेको थियो तर उनले क्लबमा धेरै मौका पाएका थिएनन् र उनी लोनमा बेल्जियन क्लबमा गए र जब उनी २०२२मा क्लबमा फर्के ब्राइटनले आफ्नो मुख्य विंगर ट्रोसार्डलाई गुमाए पछि मिटोमा पहिलो रोजाइमा पर्न थाले ।

पहिलो टिममा परे पछि हाल मिटोमाको प्रदर्शन निकै उत्कृष्ट बनेको छ भने विपक्षी क्लब फ्यानहरूले पनि उनको प्रतिभाको प्रशंसा गर्न थालेका छन्।

हाल सम्म उनले ४३ ब्राइटनका लागि ११ गोल र १० असिस्ट गरेका छन् भने उनको प्रदर्शनको कारण रियल म्याड्रिड र म्यान सिटी जस्तो क्लबहरुको नाम पनि उनी सँग जोडिन थालेको छ।

गत सिजन पनि उनको खेल निकै राम्रो रहेको थियो जसको कारण ब्राइटन लिगमा छैटौं हुन सफल भएको थियो र यस सिजन ब्राइटनले युरोपियन युरोपा लिग खेल्न पाउने भएको छ।

२०२२को फिफा विश्व कपमा पनि जापानको लागि उनले निकै राम्रो खेलेका थिए जसको जसले ब्राइटनको पहिलो टिममा पर्न पनि उनलाई मद्दत गरेको थियो। हाल यस सिजन उनले २ खेलमा १ गोल र २ असिस्ट गरेका छन् र उनी ब्राइटनको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित हुन सफल भएका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ