प्रिमियर लिगको जापनिज स्टार माथि रियल म्याड्रिडको चासो

प्रिमियर लिग क्लब ब्राइटनका जापनिज स्टार काउरु मिटोमा माथि ला लिगा क्लब रियल म्याड्रिडको नजर रहेको जानकारी छ।

मिटोमाको खेल हाल प्रिमियर लिगमा निकै उत्कृष्ट रहेको छ भने उनको मद्दतमा हाल ब्राइटन लिगको सातौँ स्थानमा रहेको छ र अर्को सिजन युरोपियन प्रतियोगिता खेल्ने लक्ष्य राखेको ब्राइटनको लागि मिटोमाको महत्त्व निकै बढेको छ।

२०२२को जुनमा ब्राइटनले मिटोमालाई बेल्जियमको क्लब युनियन एसजीबाट साइन गरेको थियो भने हाल सम्म मिटोमाले ब्राइटन एण्ड होभ एल्बियोन एफ.सी.को लागि २६ खेलमा ८ गोल र ६ असिस्ट गरेका छन्।

खेलमा काउरु मिटोमाको ड्रीबल स्किलको धेरै चर्चा हुँदै गरेको छ भने जापनिज स्टारले आफ्नो विश्वविद्यालयको थीसिस पनि ड्रिब्लिङमा गरेका थिए।

प्रिमियर लिग उनको प्रदर्शनको कारण धेरै ठुलो युरोपियन क्लबहरूको नजर उनी माथि पर्न थालेको छ जसमा ला लिगा क्लब रियल म्याड्रिड पनि रहेको छ। उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहे पछि ब्राइटन पनि २५ वर्षीय विंगरको साथ नयाँ सम्झौता गर्ने तयारीमा रहेको छ।

रियल म्याड्रिड सहित मिटोमाको नाम आर्सनल, म्यानचेस्टर सिटी अन्य धेरै क्लबहरू सँग जोडिएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ