प्रिमियर लिगका ४२ जनामा कोरोना संक्रमण

एजेन्सी । प्रिमियर लिगमा गत हप्ता ४२ जनामा कोरोना संक्रमण देखिएको छ । खेलाडि र पदाधिकारीमा गरेर ४२ जनामा कोरोना पुष्टि भएको हो ।

डिसेम्बर ६ सोमबार र १२ आइतबारसम्म गरेको ३८०५ परिक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण वृद्धि भएसंगै प्रिमियर लिगका केहि खेलहरु स्थगित गरिएको आयोजकले जनाएको छ ।

ब्राईटन र टोटेन्ह्यमसंगै म्यान्चेस्टर युनाईटेड र ब्रेन्ट्फोर्डको खेल स्थगित भएको छ ।