एजेन्सी, भारतिय राष्ट्रिय फुटबल टोलिका प्रशिक्षक इगोर स्टिम्याकको काम सजिलो नरहेको श्याम थापाले दावी गरेका छन्। हालै सम्पन्न साफ च्याम्पियनसिपमा भारतले आफ्नो पहिलो दुई खेलमा जित निकाल्न नसक्दा ५४ वर्षका क्रोएसियन प्रशिक्षक स्टिम्याकको चौतर्फी आलोचना भएको थियो।
भारतिय फुटबल महासंघ एआइएफएफको टेक्निकल कमिटीका अध्यक्ष श्याम थापाले प्रशिक्षक स्टिम्याकको काम सजिलो नरहेको दावी गर्नुका साथै भारतको साफ च्याम्पियनसिपको जितका लागि उनको प्रशंसा पनि गरेका छन्।
भारतिय राष्ट्रिय फुटबल टोलिले २०२० मा एक खेल पनि खेलेका थिएनन् । सेप्टेम्बर २०१९ पछि मार्च २५ २०२१ मा मात्र भारतिय राष्ट्रिय फुटबल टोलि मैदान फर्केका थिए जुन ओमन सँगको मैत्रीपुर्ण खेल थियो। उक्त समयमा इन्डियन सुपर लिग भने भएको थियो।