प्रधानमन्त्री केपी शर्मा ओली देशमा संकटकालिन स्थितिको घोषणा गराउने मानसिक तयारीमा लागेको संकेत बाहिर आएको पूर्वएमाले निकट कतिपय स्रोतको दावी छ । पार्टीका च्यालेन्जरहरूलाई तह लगाउन पार्टी नै फुटाउने वा मध्यावधि निर्वाचनको घोषणा गर्ने कुरा त्यति सजिलो नभएपछि उनीसँग तेस्रो विकल्पका रुपमा कम्तिमा ६ महिनाको लागि संकटकाल घोषणा नै सहज उपाय रहेको बताइन्छ ।
‘व्यवस्थामाथि नै खतरा आईलागेको छ’ भन्ने प्रधानमन्त्री कार्यालयको नवीन टिप्पणीले पनि संकटकालतिर जान लागेको संकेत गरेको छ । पछिल्लो जानकारी अनुसार राष्ट्रिय जनता पार्टी राजपा नेपालका उपाध्यक्ष लक्ष्मणलाल कर्णसँग आफ्नै निवासमा एक साँझ भएको भेटमा प्रधानमन्त्री ओलीको यस्तो सोच फुत्किएको सत्तारुढ ने.क.पा निकटस्थको दावी छ ।
प्रधानमन्त्री ओलीको उक्त धारणामा ०१७ सालमा राजा महेन्द्रले कू गर्नुअघि नै बीपीले संकटकालको घोषणा गरेको भए राजा पनि त्यसमा बाँधिन सक्थे भन्ने तर्क देखिन्छ । दुईतिहाई बहुमतको सरकारले माखो मार्न नसकेको अवगालले आफूलाई पोल्न थालेपछि आजकाल ओलीले यो अन्तिम ब्रम्हास्त्र हान्ने मानसिक रुपमा सोच्न थालेको देखिन्छ ।
यसबीचमा जति पनि लोकतन्त्र प्रतिकूलका विधेयकहरू आए, ती सबै संकटकाललाई समेत मध्यनजर गरेर तयार गरिएका प्रावधान हुन् भन्ने निहितार्थलाई उपेक्षा गर्न सकिन्न ।
पछिल्लो जानकारी अनुसार राष्ट्रिय जनता पार्टी राजपा नेपालका उपाध्यक्ष लक्ष्मणलाल कर्णसँग आफ्नै निवासमा एक साँझ भएको भेटमा प्रधानमन्त्री ओलीको यस्तो सोच फुत्किएको सत्तारुढ ने.क.पा निकटस्थको दावी छ ।
प्रधानमन्त्री ओलीको उक्त धारणामा ०१७ सालमा राजा महेन्द्रले कू गर्नुअघि नै बीपीले संकटकालको घोषणा गरेको भए राजा पनि त्यसमा बाँधिन सक्थे भन्ने तर्क देखिन्छ ।
संकटकालको घोषणा गर्ने काम भने त्यति सजिलो छैन । भू–राजनीतिक परिस्थितिका कारण यति ठूलो जोखिम ओली एक्लैको बुताले उठाउन सम्भव छैन । संकटकाल घोषणा भयो भने त्यसको औचित्य र प्रयोजन पनि चित्तबुझ्दो हुनुपर्छ ।
नेपालको विकासमा सहयोग पुर्याउने अन्तर्राष्ट्रिय साझेदारहरू खनिन थालेपछि निरुत्तर हुँदाको अवस्थामा आउने कुख्याती र बदनामी भयानक हुन्छ ।
त्यसैले यस प्रयोजनमा निकटस्थ शक्तिको आशिर्वाद उनको आवश्यकता हो । त्यस्तो आशिर्वाद पाउनका लागि अनेकौं अपारदर्शी लेनदेन नहोला भन्ने कुरै हुँदैन । केही दिनअघि मात्र नेपाली पत्रकार टोलीसँग कुरा गर्दै भारतको उत्तरप्रदेश राज्यका मूख्यमन्त्री योगी आदित्यनाथले “नेपाल हिन्दु राष्ट्र बन्न तयार हुन्छ” भन्नुमा अन्तरनिहित आशय गम्भीर हुनसक्छ ।