धेरै छोटो समयमा निकै चर्चा कमाएको लोक दोहरी “गलबन्दी” गीत चोरीको आरोप लागेपछि चुलिएको विवाद संसदमा प्रवेश गरेको हो। चर्चा र विवादमा रहेको यो गीत विषयले संसदमा समेत प्रवेश गरेको छ। नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले संसदमा ‘गलबन्दी’ गीतको विवादका विषयमा बोलेका छ।
‘विगत केही दिनदेखि के बालक के वृद्ध, हरपल सबैको मुखमा गुनगुनाउने धुन बनेको छ ‘गलबन्दी च्यातियो तिमले तानेर’। उनले भने, ‘नेपाली सांगितिक इतिहासमा छोटो समयमै डेढ करोड दर्शक बनाउने कुरा सामान्य विषय होइन। संसारभरी नेपाली मनले मात्रै होइन विदेशी मनले पनि यही धुन गुनगनाइरहेका छन्।’
नेपालको मौलिक संस्कृतिलाई समृद्ध बनाउने प्रकाश सपुत र शान्तिश्री परियालाई सरकारले सम्मान गर्नुपर्नेमा उल्टै सत्तारुढ दलकै सांगितिक क्षेत्रमा आवद्ध कलाकार शम्भू राइले मेरो लय नक्कल गरेको भनेर मुद्धा हालेको भन्दै उनले असन्तुष्टि जनाए। ” गलबन्दी” गीतको समर्थन गर्दै पूर्व मन्त्री प्रकाश सपुतले गाएको गीत कुनै भाकासँग नमिलेको दाबी समेत गरे।
चर्चित गाएक शम्भू राईले सामान्य र भखरै उदाएका कलाकारले गरेको काममा चोरीको आह्रोप लगाउनु लज्जास्पद रहेको भने। राईका मतियारहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै प्रकाश सपूतलाई अति निच गाली गर्दै जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको भन्दै उनले निन्दा गरे।
संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित गरेको भन्दै कारवाहीको माग गरेको छ । विश्वकर्माले आरोपीलाई कानूनी कारवाही नगरे सम्पूर्ण दलितहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।