२०२२ विश्वकपमा शनिवार भएको खेलमा साउदी अरेबिया माथि पोल्यान्ड २-०को जित हासिल गरेको थियो भने उक्त खेलमा धेरै रोमाञ्चक क्षण रहेको थियो जसमा पोल्यान्डका गोलकिपर वोजेक सेज्नेले गरेको डबल सेभ पक्कै पनि सबैभन्दा उत्कृष्ट रहेको छ।
Another look at this spectacular double save by Wojciech Szczęsny 🧤🚫🚫 pic.twitter.com/otJAJj2jZ9
— FOX Soccer (@FOXSoccer) November 26, 2022
एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्यान्डलाई जित दिलाउने गोलकिपर वोजेक सेज्नेले ठुलो भूमिका खेले। खेलको ४४ औँ मिनेटमा पोल्यान्ड सँग केवल १-०को अग्रता रहेको बेलामा साउदी अरेबियाले पेनाल्टी पाएको थियो तर सेज्नेले उक्त पेनाल्टी र पेनाल्टी पछिको रीबाउन्ड शत दुवै सेभ गरे।
पोल्यान्डका गोलकिपरको उक्त ‘डबल सेभ’को मद्दतमा पोल्यान्डले पहिलो हाफमा आफ्नो अग्रता जोगायो भने दोस्रो हाफमा लेवान्डोस्कीले आफ्नो पहिलो विश्वकप गोल गर्दै पोल्यान्डको अग्रता दोब्बर बना।
Wojciech Szczęsny fenomenalny, szczególnie przy dobitce!💪❤️ pic.twitter.com/nZnXpJrNtJ
— 🇵🇱 Antyfarmazon 🇵🇱💪 (@Taktoja1712) November 26, 2022
हाल वोजेक सेज्नेको उक्त पेनाल्टी सेभको भिडियो सामाजिक सञ्जालमा धेरै भाइरल हुँदै गएको छ र पूर्व आर्सनल गोलकिपर यो विश्वकपकै सबैभन्दा उत्कृष्ट गोलकिपरको रूपमा रहेको धेरैको विश्वास छ।
२-०को जित हासिल गर्दै हाल पोल्यान्ड ‘ग्रुप सी’को शीर्ष स्थानमा रहेको छ र ग्रुपको अन्तिम खेलमा पोल्यान्डले अर्जेन्टिना विरुद्ध खेल्ने छ।