बार्सिलोना आफ्नो ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टार जाओ फेलिक्स साइन इच्छुक रहेको जानकारी छ। एट्लेटिको म्याड्रिडमा फेलिक्सको फम राम्रो रहेको छैन भने उनले धेरै खेल समय पनि पाएका छैनन् अधिकांश समय उनी बेन्चमा हुने गरेका छन् भने खबर अनुसार एट्लेटिकोमा आफ्नो अवस्थाबाट पोर्चुगिज स्टार खुसी छैनन्।
🗣“One of the clubs that love him is FC Barcelona, where he would fit in with the style.”
🤝 Antoine Griezmann
🤝 Luis SuárezThe clubs have done business in the past and another forward could be on the move… 🔄https://t.co/eRxApE09E7
— SPORTbible (@sportbible) December 21, 2021
ट्रान्सफर विन्डो फेरी खुल्ने समय नजिक रहेको छ र उक्त ट्रान्सफर विन्डोमा फेलिक्सले आफूलाई बेच्न एट्लेटिको सामु अनुरोध गर्न सक्ने रिपोर्ट रहेको बेला धेरै क्लबहरुको निगरानी उनीमा रहेको छ। म्यान युनाइटेड, म्यान सिटी, बायर्न र युभेन्टस जस्तो क्लबको नजर उनीमा रहेको खबर आउँदै गर्दा बार्सा पनि उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।
एट्लेटिकोका अध्यक्ष एनरिके सेरेजोले भने फेलिक्सलाई क्लबले नबेच्ने दाबी गर्दै आए पनि फेलिक्स क्लबमा खुसी छैनन् र क्लब छोड्न उनले एट्लेटिकोलाई दबाब दिन सक्ने छ।
Man Utd are stalling Cavani’s move to Barca which is for free. They want to sell Martial for a fee. Barca are looking at Joao Felix as an option too,it could be a loan with an obligation to buy.
— The Football Index 🎙 ⚽ (@TheFootballInd) December 22, 2021
अगुएरोले फुटबलबाट सन्यास लिए पछि हाल बार्सा नयाँ फोवार्डको खोजीमा रहेको छ र पोर्चुगिज स्टार जाओ फेलिक्स पनि बार्साको नजरमा रहेको खबर छ। बार्साको नाम औबामेयाङ र फेरान टोरेससँग पनि जोडिएको छ तर बार्साको आर्थिक अवस्थाको कारण बार्साले नयाँ खेलाडी साइन गर्न आफ्नो खेलाडी पनि बेच्न पर्ने छ।