पोर्चुगलको जिम्मा जोसे मौरिन्होलाई?

कतार विश्व कप २०२२ मा पोर्चुगलको यात्रा टुंगिएसंगै मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फेडेरेसनले बर्खास्त गरेका छन् ।

क्वाटरफाइनलमा मोरोक्कोबिरुद्ध १-० को दु:खद हारपछि उनलाई बर्खास्त गरेका हुन् ।

स्टार खेलाडी क्रीस्टियानो रोनाल्डोलाई सुरुवाती ११ मा नखेलाएपछि उनीमाथी धेरै आलोचनाहरु आएका थिए ।

यद्यपि, पोर्चुगल फेडेरेसनले इटालियन क्लब एएस रोमाका पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई सम्पर्क गरेको रिपोर्ट्सहरुले जनाएका छन् ।

मौरिन्हो सान्तोसको प्रतिस्थापन हुन सक्ने प्रवल सम्भावना रहेको बुझिएको छ । तर, मौरिन्होलाई भने रोमाको भुमिकासंग पोर्चुगल राष्ट्रिय टोलिको समेत भुमिका दिने रिपोर्ट्सहरुले उल्लेख गरेका छन् ।

मत्लब, यदि उनले सम्झौता स्विकारे रोमासंगसंगै पोर्चुगल टोलि पनि सम्हाल्ने छ ।

पुर्व चेल्सी, म्यान्चेस्टर युनाइटेड लगायत रियल म्याड्रिडका समेत मुख्य प्रशिक्षक रहेका उनले बिहिबार आफ्नो टोलि रोमासंग प्रशिक्षणको क्रममा पत्रकारहरुले भविष्यको वारेमा प्रश्न सोध्दा कुनै जवाफ नदिइ बेवास्ता गरेका थिए ।