पोखरामा चल्यो गोली

पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबार गर्ने र प्रहरी बिच गोली चलेको हो। उत्तमचोकमा प्रहरीले उनहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली हानेको हो ।

लागू औषध लिएर हिँडेको खबर पाए पछि प्रहरीहरु कारोबारीहरुलाई पछ्याउँदै गएका थिए। पछ्याउँने क्रममा
प्रहरीमाथि नै आक्रमण गरेको जानकारी प्रहरी निरीक्षक गणेश सुवेदीले दिए । त्यस पछि प्रतिरक्षाका लागि प्रहरीले गोली चलाउँन बाध्य भएको पत्राकारहरुलाई बताए।

प्रहरीले हानेको गोली लागि गोविन्द थापा घाइते भएका छन् । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि लगेको प्रहरीले भनेको छ। थापाको अवस्था वारे केहि खुलासा गरेका छैन्।

लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ । थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जानकारी दिएका छन् ।