पेरिस फर्किए मेस्सी

एजेन्सी । विश्व च्याम्पियन अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी पेरिस सेन्ट जर्मेन (पिएसजी)मा फर्किएका छन् । मेस्सी विश्व कप पछि पहिलो पटक आफ्नो क्लबमा फर्केका हुन् ।

उनले विश्व कप पछि अर्जेन्टिनाको राजधानी ब्युनो एरिस र रोसारिओमा समय बिताएका थिए ।

मंगलबार नयाँ वर्ष भएका कारण मेस्सीले टिमसंग बुधबार प्रशिक्षण गर्ने तयारी गरेको छ ।

त्यस्तै, विभिन्न सञ्चारका अनुसार मेस्सीले क्लबसंग थप सम्झौता गरिने जनाएको छ ।

३५ वर्षे फरवार्डले एक वर्षको थप सम्झौता गर्दै क्लबसंग २०२४ जुनको अन्त्य सम्म रहने जनाएको छ ।

२०२१ मा बार्सिलोनाबाट मेस्सी पिएसजी तर्फ लागेका थिए। उनले ३४ खेलमा ११ गोल गरेका छन् ।