“पेप गार्डियोला म सँग रिसाउनु राम्रो कुरा हो”- हालान्ड

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र बर्नली बिचको खेलमा सिटीका कोच पेप गार्डियोला आफ्नो स्टार स्ट्राइकर अर्लिंग हालान्ड सँग रिसाएका थिए तर पेप गार्डियोलाको प्रतिक्रिया आफूलाई मन परेको र कोचको सो किसिमको भोक टिमको लागि राम्रो रहेको हालान्डले बताए ।

खेलमा हालान्डले २ गोल गरे पनि हाफ टाइमको समयमा सिटीका कोच पेप गार्डियोला आफ्नो स्टार स्ट्राइकर सँग खुसी नरहेको देख्न सकिन्थ्यो र बर्नार्डो सिल्भाले आफूलाई पास नदिएको भएर आफू रिसको कारण पेप आफू सँग आक्रोशित भएको हालान्डले खुलाएका थिए र पेप रिसाउने राम्रो कुरा रहेको हालान्डले दाबी गरेका छन्।

“बर्नार्डो सिल्भाले मलाई पास नदिएको भएर म केही क्रोधित भएको कारण पेप गार्डियोला म सँग रिसाएका थिए।- हालान्डले बताए।

“यसमा कुनै समस्या छैन, म यही चाहन्छु, म यो भोक चाहन्छु। २ महिना अघि ट्रेबल जिते पछि सिजनको पहिलो खेलमा २-०ले अघि हुँदा पेपको यस्तो मनोवृत्ति हुनु, मलाई यस्तो मन पर्छ।”

नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीको सामना गरेको थियो र सो खेल सिटीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा हालान्डले दुई गोल गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए।

यस खेलमा बर्नलीका अनास जाराओरीले रातो कार्ड पाएका थिए ।

 

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ