पेप गार्डियोलाले म्यान्चेस्टर सिटीको आगामी दुई खेल गुमाउने

इङलिस क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गार्डियोलाले क्लबको अब आउने दुई खेल गुमाउने भएको छ ।

लामो समय देखि ढाडको दुखाइ सहदै आएका पेपले आज बार्सिलोनामा ढाडको आकस्मिक सलिक्रीया गरेको हो ।

उनको अनुपस्थितीमा साहायक प्रशिक्षक जुवान्मा लिलोले टोलिलाई सम्हाल्ने छ ।

सिटीले औपचारिक स्टेट्मेन्ट प्रकाशित गर्दै पेप गार्डियोलाले ढाडको सलिक्रीया गर्न बार्सिलोना गएको र सलिक्रीया सफल भएको पनि जनाएको छ ।

पेप गार्डियोला अब अन्तर्राष्ट्रिय ब्रेक पछि मात्र म्यान्चेस्टरमा फर्कने छन् ।