पेनाल्टीको समय विपक्षी खेलाडीलाई नर्भस गराउन माहिर गोलकिपर

प्रिमियर लिग खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई १-०ले पराजित गर्दा युनाइटेडले पाएको पेनाल्टीको समय हो एस्टन भिल्लाका स्टार गोलकिपर एमिलियानो मार्टिनेजले गरेको कार्य धेरै भाइरल भएको थियो।

उनले युनाइटेडका स्टारलाई पेनाल्टी प्रहार गर्न चुनौती दिए भने उक्त पेनाल्टी प्रहार गरेका ब्रुनो फर्नांडीस असफल रहे र ब्रुनो असफल हुनुमा मार्टिनेजको उक्त माइन्ड गेम रहेको धेरैको विश्वास थियो तर उनले यस्तो पहिलो पटक गरेका भने हैनन्। आर्सनलमा हुँदा कम्युनिटी शील्ड २०२०को फाइनलमा लिभरपुल विरुद्ध पनि उनले विपक्षी खेलाडीलाई नर्भस गराउन प्रयास गरेका थिए भने कोपा अमेरिकाको सेमी फाइनलमा पनि उनले विपक्षी खेलाडी विरुद्ध ‘माइन्ड गेम’ प्रयोग गरे।

२०२१को कोमा अमेरिकामा अर्जेन्टिना र कोलम्बिया बिचको खेल पेनाल्टीमा पुगेको थियो र उक्त समय उनले कोलम्बियाका खेलाडीहरूलाई पनि चुनौती दिएका थिए ।

 

उनले पेनाल्टीको समय खेलाडीहरूलाई गाली दिए भने कोलम्बियाका खेलाडीहरूले कहाँ प्रहार गर्ने बारे आफूलाई सबै थाहा भएको भनेर विपक्षी खेलाडीलाई चुनौती दिए भने उनले ३ पेनाल्टी सेभ गर्दै अर्जेन्टिनालाई फाइनल लागे र अर्जेन्टिनाले २०२१को कोपा अमेरिका जित्दा उनी टिमको महत्त्वपूर्ण सदस्य रहेका थिए।

उनले सो शैली म्यानचेस्टर युनाइटेड विरुद्ध पनि प्रयोग गरेका थिए र उनको सो भिडियो निकै भाइरल हुँदै गर्दा उनको पुरानो भिडियोहरू पनि फेरी सामाजिक संजालमा देख्न सुरु भएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ