यो वर्षको फिफा विश्व कप फाइनलमा फ्रान्सलाई पेनाल्टीमा पराजित गर्दा फ्रेन्च खेलाडीको पेनाल्टी रोके पछि नाच्दै गरेका अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज माथि पक्कै पनि धेरैको नजर पुगेको हुनु पर्छ तर पेनाल्टीको क्रममा अनौठो व्यवहार गर्दै विपक्षी खेलाडीलाई नर्भस गरेको उनले यो पहिलो पटक होइन।
Emi Martinez in penalty shoot-outs is too OP 😤 pic.twitter.com/5HE9sEpokT
— GOAL (@goal) December 18, 2022
पेनाल्टीको क्रममा विपक्षी खेलाडीलाई नर्भस बनाउने माहिर भनेर अर्जेन्टाइन गोलकिपर प्रसिद्ध रहेका छन् भने उनले यस्तो अर्जेन्टिनाको लागि खेल्दा मात्र नभै आफ्नो क्लब एस्टन भिल्लामा खेल्दा पनि गर्ने गरेका छन् र उनले फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई समेत पेनाल्टी चुनौती दिएका थिए।
गत वर्ष मात्र उनले म्यानचेस्टर युनाइटेड विरुद्धको खेलमा उनले पोर्चुगिज सुपरस्टारलाई रोनाल्डोलाई नै पेनाल्टी प्रहार गर्न चुनौती दिएका थिए भने उक्त पेनाल्टी प्रहार गरेका ब्रुनो फर्नांडीस असफल रहे र ब्रुनो असफल हुनुमा मार्टिनेजको उक्त माइन्ड गेम रहेको धेरैको विश्वास थियो।
😂 Emiliano Martinez was caught on camera begging Cristiano Ronaldo to take the penalty
😅 He then decided to get in Bruno Fernandes’ head as well
😭 To top it off, he started doing a humping dance right in front of the United supporters https://t.co/QIuaEcatLe
— SPORTbible (@sportbible) September 25, 2021
मार्टिनेज आर्सनलको लागि खेल्ने बेला पनि कम्युनिटी शील्ड २०२०को फाइनलमा लिभरपुल विरुद्ध उनले विपक्षी खेलाडीलाई नर्भस गराउन प्रयास गरेका थिए भने कोपा अमेरिकाको सेमी फाइनलमा पनि उनले विपक्षी खेलाडी विरुद्ध ‘माइन्ड गेम’ प्रयोग गरे।
२०२१को कोमा अमेरिकामा अर्जेन्टिना र कोलम्बिया बिचको खेल पेनाल्टीमा पुगेको थियो र उक्त समय उनले कोलम्बियाका खेलाडीहरूलाई पनि चुनौती दिएका थिए ।
#OnThisDay last season, @emimartinezz1 saved three penalties against Columbia to send Argentina to the #CopaAmerica final.#avfc | #utv | #vtid pic.twitter.com/4E3ywhoz8G
— Aston Villa Statto (@AVFCStatto) July 7, 2022
उनले पेनाल्टीको समय खेलाडीहरूलाई गाली दिए भने कोलम्बियाका खेलाडीहरूले कहाँ प्रहार गर्ने वारे आफूलाई सबै थाहा भएको भनेर विपक्षी खेलाडीलाई चुनौती दिए भने उनले ३ पेनाल्टी सेभ गर्दै अर्जेन्टिनालाई फाइनल लागे र अर्जेन्टिनाले २०२१को कोपा अमेरिका जित्दा उनी टिमको महत्त्वपूर्ण सदस्य रहेका थिए।
उनले सो शैली २०२२को विश्व कप फाइनलमा फ्रान्स विरुद्ध पनि प्रयोग गरे र पेनाल्टीमा उत्कृष्ट सेभ गर्दै उनले अर्जेन्टिनालाई विश्व कपको उपाधि जिताउन मद्दत गरे।