इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार साझ भएको खेलमा लिभरपुलले लिगको पुछारमा रहेको टोलिसंग हार बेहोरेको छ ।
नटिङ्ह्याम फरेस्टबिरुद्ध भएको खेलमा लिभरपुलले १-० को हार बेहोरेको हो ।
खेलमा पहिलो हाफ गोल रहित बराबरी रहेको थियो दोस्रो हाफको ५५ औं मिनेटमा टाइवोले गोल गर्दै फरेस्टलाई अग्रता दिलाए र त्यही गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।
हारसंगै लिभरपुल साथौ स्थानमा रहेको छ भने फरेस्ट २० औं स्थानबाट १९ औं स्थानमा उक्लिएको छ ।
यो फरेस्टको लिगमा दोस्रो जित हो ।