पुछारको टोलिबिरुद्ध लेस्टर सिटीको लज्जास्पद हार

इङलिस प्रेमिएर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा नर्विच सिटीले लेस्टर सिटीमाथि जित निकालेको छ ।

नर्विच सिटीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो ।

दोस्रो हाफको ७० औं मिनेटमा जमल लेविसले गोल गर्दै नर्विच सिटीलाई १-० को जित दिलाए ।

जितसंगै नर्विच सिटी अन्तिम स्थानमै रहेको छ भने लेस्टर सिटी तेस्रो स्थानमा यथावत रहेको छ ।