पीएसजी फ्रेन्च लिग कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बुधबार राति पीएसजीले १० खेलाडीमा सिमित सेन्ट एटिनलाई ६–१ गोल अन्तरले पाखा लगाएको हो ।
खेलको दोस्रो मिनेटमै ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
वेस्ले फोफाना ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट एटिन १० खेलाडीमा सिमित बनेको थियो ।
३९ औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए ।
जेसी मौलिनले ४४ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी ३–० ले अघि बढेको थियो ।
ईकार्डीले ४९ औं मिनेटमा पीएसजीका लागि ब्यक्तिगत दोस्रो गोल गरे । केलियन एम्बाप्पेकै पास सदुपयोग गर्दै ५७ औ मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।
त्यसपछि ईकार्डीको पासको सदुपयोग गर्दै एम्बाप्पेले ६७ औ मिनेटमा पीएसजीलाई ६–० ले अघि बढाए ।
७१ औं मिनेटमा योहान काबायीले गोल गर्दै सेन्ट एटिनीको हार अन्तर घटाउने काम गरे ।
पीएसजीको जितसंगै फ्रेन्च कपमा सेमिफाईनल पुग्ने चार टिमको टुङ्गो लागेको छ । प्रतियोगितामा पीएसजीसंगै स्टेड रेम्स, लियोन र लिलीले अन्तिम ४ मा स्थान पक्का गरेका छन् ।