पिएसजी फेरि पराजित

पेरिस सेन्ट जर्मेन फ्रेन्च लिगमा पराजित भएको छ ।

शनिबार राति भएको खेलमा पीएसजीलाई मोनाकोले ३-१ गोल अन्तरले हराएको हो ।

पिएसजीका केही खेलाडीहरुलाई भाइरसले समातेको कारण खेल्न असमर्थ रहे । फ्याबियन रुइज जो खेल अगाडि फिट थिए, भाइरसका कारण टोलिमा परेनन् । त्यस्तै भिटिन्हालाई पनि भाइरसले समातेको थियो । अन्य खेलाडीहरुलाई पनि भाइरसका कारण पेट दुख्ने, वाकवाकी र बान्ता आएको लक्ष्यण देखेको थियो ।

खेलको चौंथो मिनेटमा एलेक्सान्ड्रा गोलोभिनले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए ।

खेलको १८औं मिनेटमा विसम बेन एड्डरले गोल गर्दै मोनाकोको अग्रता दोब्बर बनाए ।

३९औं मिनेटमा वारेन इम्रीले गोल गर्दै पीएसजीलाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा विसमले व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोलाई ३-१ को जित दिलाए ।

जितसँगै मोनाकोले २३ खेलमा ४७ अंक जोडेको छ ।

मोनाको तेस्रो स्थानमा उक्लिएको छ ।

पीएसजी ५४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

पिएसजी यस अघि कोउप डे फ्रान्समा मार्सेलीबिरुद्ध पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।