पिएसजीले गर्‍यो नयाँ सालको सुरुवात लज्जास्पद हारबाट

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले नयाँ वर्ष हारबाट सुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजी लेन्ससँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

लेन्सको जितमा फ्रयांकोव्सकी, लोइस ओपनडा र एलेक्सिस माउराइसले एक एक गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि हुगो एकिटिकले एक गोल गरेका थिए ।

यो जितपछि लेन्सको १७ खेलमा ४० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । लेन्स शिर्ष स्थानमा रहेको पिएसजी भन्दा ४ अंकले पछाडी रहेको छ ।

यो पिएसजीको यस सिजन पहिलो लिग खेलमा हार हो ।

त्यस्तै पिएसजीको १७ खेलमा ४४ अंक रहेको छ ।