पिएसजीका नयाँ स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डम क्लबमा आफू खुसी नरहेको सङ्केत गरेका छन्। स्टार मिडफिल्डरको लिभरपुल सँग सम्झौता अन्त्य भए पछि जर्जिनियो विज्नाल्डम फ्रेन्च क्लब पिएसजीमा गएका थिए तर उनले पिएसजीमा धेरै खेल समय पाएका छैनन्।
Georginio Wijnaldum admits he is “not completely happy” at Paris Saint-Germain following his summer move from Liverpool.
— Sky Sports News (@SkySportsNews) October 11, 2021
लिभरपुलमा एक महत्त्वपूर्ण खेलाडीको रुपमा रहेका विज्नाल्डम पिएसजीमा भने बेन्चमा बस्न बाध्य भएका छन् र आफ्नो स्थितिबाट उनी खुसी छैनन्।
“म भन्न सक्दिन कि म पूर्ण रुपमा खुसी छु,” विज्नाल्डमले आफू सब्सीट्यूटको रुपमा रहे पछि एक अन्तर्वार्तामा बताए।
“म पिएसजीमा खुसी छु भनेर भन्न सक्दिन किनकि परिस्थिति मैले चाहेको जस्तो छैन।
Gini Wijnaldum:
“I cannot say that I am completely happy at PSG… The situation I am in is not what I expected. I was eager to experience this new stage and it is happening… It’s complicated. A lot can happen and I stay positive!” [@lnstantFoot] pic.twitter.com/jpuIeil6oO
— The Anfield Talk (@TheAnfieldTalk) October 11, 2021
“तर यो फुटबल हो र मैले त्यो सहन सिक्नु पर्छ। म एक लडाकु हुँ। म सकारात्मक रहनु पर्छ र कडा परिश्रम गर्नु पर्छ जसको कारण यो स्थिति परिवर्तन हुन सक्छ।
“मलाई लाग्छ खेल समय नपाउनु यो प्रत्येक खेलाडी को लागी एक प्राथमिक चिन्ता हो,” उनले थपे
“यो चिन्ताजनक छ यदि तपाईँ खेल्न पाउनु हुन्न। तर यो सिजन को सुरुवात मात्र हो। अझै धेरै हुन सक्छ र म सकारात्मक रहन्छु। ”