फ्रेन्च क्लब पिएसजीका युवा स्टार जावी सिमोन्सले क्लब छोड्न सक्ने खबर रहेको छ। हाल पिएसजी सँग उनको सम्झौता अन्त्य हुने क्रममा रहेको छ भने क्लबले उनी सँग सम्झौता विस्तार गर्न प्रयास गरे पनि सफल हुन सकेको छैन।
Paris Saint-Germain offered Xavi Simons a new deal months ago. They want him to stay as he’s considered a ‘huge talent’ but his agent still wants to make sure he’ll part of first team plans. If not, he’ll leave as free agent in June. 🇳🇱🇫🇷 #PSG
Many clubs already asked for Xavi.
— Fabrizio Romano (@FabrizioRomano) December 16, 2021
युवा स्टार हाल पिएसजीको यूथ टिममा छन् भने सिनियर टिममा खेल्ने क्लब सामु उनको माग रहेको छ पिएसजीको सिनियर टिम स्टार खेलाडीहरूले भरिएको छ जसको कारण उनलाई मौका दिन पिएसजीलाई धेरै गाह्रो हुने छ।
नयाँ सम्झौताको लागि सिमोन्सले क्लब सामु सिनियर टिममा खेल समयको माग गर्दै छन् र उक्त माग पुरा पिएसजीले गर्न सक्ने वा नसक्ने अनिश्चित रहेको छ भने उनको सम्झौता जुनमा अन्त्य हुने छ र उनी फ्री एजेन्ट बन्ने छन्।
१८ वर्षका युवा स्टार ला लिगा क्लब बार्साको यूथ टिमबाट पिएसजीमा आएका थिए। उनी हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट युवा प्रतिभाहरू मध्ये एक रहेका छन्।
उनी फ्री एजेन्ट हुने क्रममा रहेको बेला धेरै क्लबहरूको नजर उनी माथि रहेको छ भने पिएसजीले उनलाई क्लबमै राख्न प्रयास गर्दै गरेको खबर छ।