पाकिस्तानलाई हराउदै नेपालले जित्यो अन्तिम खेल

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानविरुद्ध जित हासिल गरेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपालले १-० गोलले जित दर्ता गरेको हो ।

खेलको ८०औं मिनेटमा आशिष चौधरीले गोल गर्दै नेपाली अग्रता दिलाएका हुन् ।

आशिषको यो नेपालका लागि पहिलो गोल हो ।

जित बाबजुद नेपाल साफबाट बाहिरीसकेको छ ।