पाकिस्तानको एतिहासिक जित

एजेन्सी, ओपनर बाबरआजम र मोहम्मद रिजवानले शतकिय साझेदारी गरेपछि पाकिस्तानले भारतमाथि १० विकेटको रवाफिलो जितका साथ आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटमा सुखद सुरुआत गरेको छ ।

विश्व क्रिकेटकै प्रतिक्षित यी दुई टोलीको महाभिडन्तमा पाकिस्तानसामु भारत निरिह बन्यो । 

भारतले प्रस्तुत गरेको एक सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विना विकेट क्षती पूरा गरेको थियो । बाबर र रिजवानले अविजित एक सय ५२ रनको साझेदारी गरे ।

रिजवानले ५५ बलमा ६ चौका र तीन छक्का मद्दतमा अविजित ७८ रन जोडे भने बाबरले ५२ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ६८ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले कप्तान विराट कोहलीको अर्धशतकमा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५१ रनको योगफल खडा गरेको थियो ।

भारतका लागि कोहलीले ५७ रन बनाए । कोहलीले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । त्यस्तै  ऋिषभ पन्तले ३९ रन बनाए । पन्तले ३० बलमा समान दुई चौका र छक्का प्रहार गरे ।

पाकिस्तानका साहिद शाह अफ्रिदीले तीन, हसन अलीले दुई तथा सडाब खान र ह्यारिस रौफले सामान एक विकेट लिए ।