स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेलाई ३-० गोल अन्तरले पराजित गरेको थियो। उक्त खेलमा मेस्सीले २ गोल गरे र सो क्रममा मेस्सीको प्रदर्शन निकै राम्रो रहेको थियो।
हाल मेस्सीले ६८औ मिनेटमा गरेको गोलको निकै चर्चा हुँदै गरेको छ। मेस्सीले आफ्नो र क्लबको दोस्रो गोल निकै उत्कृष्ट शैलीमा गरे।
डि जोङ्गले सुरु गरेको काउन्टरमा मेस्सीले बल डि-बक्समा पाए र डि-बक्स भित्र इल्चेका पाँच खेलाडीहरू थिए जसले मेस्सीलाई रोक्न प्रयास गरे तर मेस्सी सबैलाई पछि पार्दै सजिलैसँग गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो । खेलको ४८ औँ मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
🐐 Messi surrounded by Elche players #BarçaElche [fcb] pic.twitter.com/UQTnmj5DuN
— FCBarcelonaFl (@FCBarcelonaFl) February 24, 2021
६८ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो । त्यसपछि खेलको ७३ औँ मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलमा ५० अङ्क जोडेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अङ्कले पछि रहेको छ ।