प्रिमियर लिगमा गत हप्ता आर्सनलले साउथेम्प्टन सँग बराबरी खेले पछि आर्सनलको उत्कृष्ट लगातार जितको दौडमा फेरी एक पटक पूर्ण विराम लागेको थियो भने हाल उक्त खेलको एक भिडियो भाइरल हुँदै गएको छ जसमा मैदानमा रहेको परेवाको कारण आर्सनलले गोल खाएको भनेर फ्यानहरूको विश्वास रहेको छ।
⚠️ Beware of the @SouthamptonFC pigeon. pic.twitter.com/EnBPEqTGRU
— Premier League (@premierleague) November 4, 2022
आर्सनलले उक्त खेलमा ११ मिनेटमै झाकाको गोलमा अग्रता लिएको थियो तर खेलको ६५ मिनेटमा स्टुअर्ट आर्मस्ट्रङले गोल गर्दै खेल बराबरीमा लगेका थिए ।
हाल भाइरल हुँदै गएको भिडियोमा आक्रमण साउथेम्प्टनका स्टुअर्ट आर्मस्ट्रङले बल अगाडी लाग्दै गर्दा आर्सनलका गोलकिपर आरोन राम्सडेलको ध्यानमा मैदानमा बस्दै गरेको परेवाले असर गरेको देख्न सकिन्छ जसको कारण राम्सडेलले आर्मस्ट्रङको प्रहार रोक्न नसकेको धेरैको विश्वास रहेको छ।
हाल सो भिडियो निकै भाइरल हुँदै गएको छ भने परेवाको कारण आर्सनल उक्त खेल जित्न असफल भएको आर्सनल फ्यानहरूको विश्वास रहेको छ।
Arsenal fans think pigeon ‘robbed them’ of win against Southampton after new footage emerges. pic.twitter.com/cO4VR45HpT
— SPORTbible (@sportbible) November 4, 2022
साउथेम्प्टन सँग खेल आर्सनलले जितेको भए आर्सनलले मुख्य उपाधि दाबेदार म्यान सिटी सँग ५ अंकको दुरी कायम गर्न सफल हुने थियो।
हाल आर्सनलले १२ खेलमा १० जित १ हार र १ बराबरी निकाल्दै ३१ अंक जम्मा गरेको छ र आर्सनल अझै लिगको शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको सिटीको भने २९ अंक रहेको छ।