पदत्याग गर्ने क्रममा स्पेनका मुख्य प्रशिक्षक

स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिके पदबाट राजीनामा दिने ठुलो सम्भावना रहेको जानकारी छ। जारी विश्व कप राउन्ड-अफ १६मा मोरक्को सँग पेनाल्टीमा हार्दै स्पेन नकआउट भए पछि एनरिके आफ्नो पदबाट राजीनामा दिने क्रममा रहेको रिपोर्टहरू छ।

स्पेनले उनलाई २०१८को जुलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो भने २०२२को ३१ डिसेम्बेर सम्म उनले आफ्नो पदत्याग गर्न सक्ने रिपोर्ट रहेको छ।

यो विश्व कपमा जापान सँगको हार पछि नै लुइस एनरिके माथि धेरै प्रश्न उठेको थियो भने मोरक्को सँग पेनाल्टीमा हारे पछि उनी माथि हाल धेरै दबाब रहेको छ भने उनी आफ्नो पदत्याग गर्ने क्रममा रहेका छन्।

स्पेनिस यु २१ प्रबन्धक लुइस डे ला फुएन्टे लुइस एनरिकेलाई प्रतिस्थापन गर्न गम्भीर विकल्पको रुप रहेको पनि जानकारी छ जानकारी।

१३० मिनेट सम्म ०-०को बराबरी पछि खेल पेनाल्टीमा गएको थियो भने पेनाल्टीमा ३-०को स्कोर निकाल्दै मोरक्कोले विश्व कप जित्ने दाबेदार मध्ये एक रहेको स्पेनलाई नक-आउट गरेको थियो । अब क्वाटर फाइनलमा मोरक्कोले पोर्चुगल विरुद्ध खेल्ने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ