प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र न्यूकासल युनाइटेड बिच भएको खेल बराबरीमा रोकिएको थियो। सेन्ट जेम्स पार्कमा सोमबार राति भएको खेलमा घरेलु टोलीका लागि एलान सेन्ट म्याक्सिमिनले गोल गर्दा युनाइटेडका इडिन्सन काभानीले बराबरी गोल फर्काएका थिए
Any Given Sunday (1999) pic.twitter.com/O2A3Sj0asF
— amadí (@amadoit__) December 27, 2021
खेलमा म्यानचेस्टर युनाइटेडका ३ खेलाडीहरूले पहेँलो कार्ड पाएका थिए जसमा सुपरस्टार रोनाल्डो पनि रहेका छन् र उनको फाउल भने निकै खतरा रहेको र उनले रातो कार्ड पाउन पर्ने भनेर हाल फुटबल फ्यानहरूले आलोचना गर्दै गरेका छन्।
खेलको ५७औँ मिनेटमा न्यूकासलका फ्रेजर बल अगाडी लाग्ने क्रममा रहेका थिए र रोनाल्डोले उनी माथि बलको लागि किक लापरवाह गरे र सो चुनौतीको लागि रोनाल्डोले पहेँलो कार्ड पाएका थिए। सो समय खेलमा म्यान युनाइटेड १-०ले पछि परेको थियो र सो कुराको निराशामा उनले उक्त फाउल गरेको फ्यानहरूको विश्वास छ।
Frustrated Cristiano Ronaldo avoids red card for Man Utd after rash tackle on Newcastle’s Ryan Fraser in heated clash https://t.co/mzD9NLUw43
— The Sun – Man Utd (@SunManUtd) December 27, 2021
हाल उनको फाउलको तुलना टोटेनह्याम विरुद्ध लिभरपुलका रोबर्टसनले गरेको फाउल सँग भएको छ र सो खेलमा रोबर्टसनले रातो कार्ड पाएका थिए र रोनाल्डोले पनि न्यूकासल विरुद्ध रातो कार्ड पाउन पर्ने धेरैको विश्वास रहेको छ।
बराबरीसँगै युनाइटेडले पाँचौँ स्थानमा उक्लने मौका गुमाउँदा १७ खेलबाट २८ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ । न्यूकासल ११ अङ्क जोडेर रेलिगेसन जोनको १९औँ स्थानमा छ ।