एजेन्सी, स्पेनिश क्लब बार्सिलोनाका फ्रेन्च खेलाडी उस्मान डेम्बेले इङलिस क्लब न्युकासल युनाइटेडमा अनुबन्ध हुन सक्ने सम्भावना प्रबल देखिएको छ। रिपोर्टका अनुसार डेम्बेले आफ्नो बार्सिलोनासँगको सम्झौताको अन्त्य पछि न्युकासलमा अनुबन्ध हुन सकारात्मक रहेका छन्।
उनी २०२२ सम्मका लागि बार्सिलोनामा अनुबन्ध छन्। रिपोर्टका अनुसार बार्सिलोना उनलाई नयाँ सम्झौतामा अनुबन्ध गर्न इच्छुक रहेता पनि डेम्बेले भने आफ्नो बार्सिलोनासँगको सम्झौता नविकरण गर्न इच्छुक देखिदैनन्।
२४ वर्षका फ्रेन्च खेलाडी डेम्बेले २०१७ मा करिब १०५ मिलियन युरोमा जर्मन क्लब बोरुसिया डोर्टमण्डबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले बार्सिलोनाका लागि आशा अनुरुप प्रदर्शन भने गर्न सकेका छैनन्। उनले बार्सिलोनाका लागि ११८ खेलमा ३० गोल गरेका छन्।