नेयमार चम्कदा पिएसजीको सान्दार जित

फ्रेन्च क्लब पिएसजीले प्री सिजन अन्तर्गत मैत्रीपुर्ण खेलमा दक्षिण कोरियाको क्लब जिओनबकलाई पराजित गरेको छ ।

विहिबार सम्पन्न खेलमा पिएसजीले जिओनबकलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा नेइमारले २ गोल गरेका थिए । लामो समयको इन्जुरीपछि टिममा फर्किएका नेइमारले खेलको ४० औ र ८३ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै पिएसजीका लागि अर्को गोल मार्को असेन्सियोले गरेका थिए । प्रि-सिजन टूर अन्तर्गत पछिल्ला चार खेलमा पिएसजीको यो पहिलो जित हो ।

योसंगै पिएसजीको प्रि-सिजन टूर सकिएको छ ।