नेमार सँग सम्झौता रद्द गर्न पिएसजी इच्छुक 

फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन आफ्नो ब्राजिलियन सुपरस्टार नेमार सँग सम्झौता रद्द गर्ने योजनामा रहेको जानकारी छ।

पिएसजी र नेमार बिच २०२५ सम्मको सम्झौता रहे पनि पिएसजी नेमारलाई बेच्न रहेको थियो तर हालै उनी चोट ग्रसित हुन पुगे पछि उनलाई बेच्न असम्भव हुने भए पछि उनी सँग सम्झौता रद्द गर्ने योजनामा पिएसजी इच्छुक रहेको जानकारी छ।

लिल विरुद्धको लिग खेलमा नेमार चोट ग्रसित हुन पुगेका थिए भने उनको चोटको लागि शल्यक्रिया आवश्यक भए पछि उनले यो सिजन गुमाउने भएका थिए भने उनले बायर्न म्युनिख विरुद्धको खेल पनि गुमाएका थिए।

पिएसजीमा नेमार र एम्बाप्पे बिचको सम्बन्ध केही समय देखि बिग्रेको कारण पनि नेमारलाई बेच्न पिएसजी दबाबमा परेको हुन सक्ने खबर रहेको बेला उनको चोटको कारण पिएसजीले उनी सँग सम्झौता रद्द गर्न सक्ने जानकारी छ जसको लागि पिएसजीले उनलाई ठुलो क्षतिपूर्ति तिर्नु पर्ने हुने छ।

२०१७मा नेमार €२२२ मिलियनको विश्व रेकर्ड मूल्यमा बार्साबाट पिएसजी आएका थिए भने अब उनलाई पिएसजी €५० मिलियन भन्दा कम रकममा बेच्न तयार हुने जानकारी छ।

हाल सम्म नेमारले पिएसजीमा १७२ खेल खेल्दै ११७ गोल र ७६ असिस्ट गरेका छन्। पिएसजीमा उनले १२ उपाधिहरू जितेका छन् जसमा चार पटकको लिग उपाधि पनि रहेको छ भने च्याम्पियन्स लिग पिएसजीको मुख्य प्राथमिकता रहे पनि नेमार पिएसजीमा च्याम्पियन्स लिग जित्न असफल रहेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ