नेमार माथि यस्तो भयानक फाउल  

फ्रेन्च लिग वानमा पिएसजीले लिल विरुद्ध ४-३को जित हासिल गरेको थियो भने उक्त खेलमा पिएसजीका ब्राजिलियन सुपरस्टार नेमार माथि निकै भयानक फाउल भए पछि उनी चोट ग्रसित हुन पुगे र उनलाई स्ट्रेचरमा मैदान बाहिर लग्न पर्ने भएको थियो।

खेलको ४८औँ मिनेटमा लिलका बेन्जामिन आन्द्रेले नेमार माथि फाउल गरे पछि नेमारको एन्कलमा चोट परेको थियो भने उक्त चोट पछि स्ट्रेचरमा मैदान छोड्न नेमार बाध्य भएका थिए।

नेमारको चोटको थप जानकारी भने आएको छैन र उनले आउँदो खेल गुमाउन सक्ने चर्चा हुँदै गरे पनि पिएसजीले सो वारे कुनै विवरण दिएको छैन।

आइतबार भएको खेलमा पिएसजीले होममा लिलको सामना गरेको थियो। खेलको ११ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए भने नेमारले १७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर गरेका थिए तर लिलले दोस्रो हाफमा ३ गोल गर्दै खेलमा ब्याक गरेको थियो।

खेलको ८७ औँ मिनेटमा एम्बाप्पेले फेरी गोल गर्दै पिएसजीलाई बराबरीमा लगे त खेलको अन्तिम समयमा लियो मेस्सीले फ्री किकबाट निकै उत्कृष्ट गोल गर्दै पिएसजीलाई जित हासिल गर्न मद्दत गरेका थिए।

“मलाई आशा छ नेमारको चोट गम्भीर छैन, मलाई आशा छ कि उनी चाँडै फर्कनेछन् – हामीलाई उहाँ हाम्रो साथ चाहिन्छ।”- एम्बाप्पेले खेल पछि नेमारको चोट वारे बोल्दै भने

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ