नेमारलाई क्लबबाट निकाल्न एम्बाप्पेको पिएसजी सामु माग

केलियन एम्बाप्पे हाल विश्व फुटबलको एक स्टारको रूपमा रहेका छन् भने उनलाई क्लब छोड्नबाट रोक्ने प्रयासमा रहेको पिएसजी सामु एम्बाप्पेले ३ माग राखेको जानकारी छ।

केलियन एम्बाप्पे हाल क्लबमा खुसी नरहेको धेरै चर्चा हुँदै छ भने उनलाई साइन गर्न रियल म्याड्रिड जस्तो क्लबहरू इच्छुक रहेको बेला एम्बाप्पेलाई क्लब छोड्नबाट रोक्ने पिएसजीको प्राथमिकता रहेको छ र एम्बाप्पेले पनि पिएसजी सामु ३ माग राखेको जानकारी छ जसमा क्लबबटा ब्राजिलियन सुपरस्टारलाई बेच्ने एउटा माग रहेको खुलेको छ।

एम्बाप्पेले २०२२को मेमा मात्र क्लब सँग नयाँ सम्झौता गरेका थिए तर क्लबले एम्बाप्पेको एम्बाप्पेले सोचेको जस्तो विकास नभए पछि पिएसजीले आफूलाई धोका दिएको एम्बाप्पेले विश्वास गरेको चर्चा हुँदै गर्दा एम्बाप्पेले क्लबमा रहन थप ३ माग गरेको जानकारी छ।

एम्बाप्पेको पहिलो माग पिएसजीले आफ्नो ब्राजिलियन स्टार नेमारलाई बेच्ने रहेको जानकारी छ। केही समय देखि नेमार र एम्बाप्पे बीचको सम्बन्ध बिग्रेको छ भने एम्बाप्पे नेमार सँग पिएसजीमा खेल्न अनिच्छुक रहेको रिपोर्ट छ।

एम्बाप्पेको दोस्रो माग भने पिएसजीले आफ्नो कोच वर्तमान क्रिस्टोफ गाल्टियरलाई निकालेर उनको ठाउँमा फ्रेन्च लेजेन्द जिदानलाई भित्राउन पर्ने रहेको छ। एम्बाप्पे धेरै समय देखि जिदानको नेतृत्वमा खेल्न इच्छुक रहेका छन्।

एम्बाप्पेको तेस्रो माग भने क्लबमा नयाँ स्ट्राइकर साइन गर्ने रहेको छ र उनको नजरमा टोटेनह्यामका स्टार स्ट्राइकर ह्यारी केन रहेको जानकारी छ।

एम्बाप्पे र पिएसजी बीचको सम्झौता २०२५ सम्म रहे पनि उनी क्लबमा खुसी नरहे पनि उनले क्लब छोड्न सक्ने धेरै चर्चा भएको थियो र हाल उनले पिएसजी सामु आफ्नो ३ माग राखेको जानकारी छ जुन पुरा नभए उनले क्लब छोड्न सक्ने छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ