नेपाल राष्ट्रिय टोलिको पोखरा थन्डर्समाथी फराकिलो जित

विश्व कप छनोट खेलको लागि तयारीमा रहेको नेपाली राष्ट्रिय टोलिले प्रयाक्स्टिस म्याचमा एनएसएल क्लब पोखरा थन्डर्समाथी ५-० को उत्कृष्ट जित निकालेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि फर्वार्ड हिशुब थपलियाले दुई गोल, अरिक बिष्ट, गिलेप्सी जंग कार्की र उत्सव राईले एक एक गोल गर्न सफल भए ।

यस अघि नेपाली टोलिले एनएसएल टोलि ललितपुर सिटी र बिरगंज युनाइटेड एफसीबिरुद्ध पनि खेल खेल्दै दुबैमा जित निकालेको थियो ।

नेपालले अब विश्व कप छनोट दोस्रो चरण अन्तर्गत १६ नोभेम्बरमा युएईबिरुद्ध खेल्नेछ ।