नेपालले पाकिस्तानसंग मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमले दक्षिण एसियाली प्रतिद्वन्दी पाकिस्तानसंग मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ । एन्फाको अनुसार पाकिस्तानसंग नेपालले कार्तिक ३० गते दशरथ रंगशालामा मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ ।

पाकिस्तानले नेपाललाई केही साता अगाडि मैत्रीपुर्ण खेलका लागि एन्फा समक्ष प्रस्ताव राखेको थियो ।

तर, एन्फाबाट कुनै औपचारिक जवाफ नपाए पछि मैत्रीपुर्ण खेल हुने वा नहुनेमा टुंगो लाग्न सकेको थिएन ।

नेपालले पाकिस्तानसंग एक खेल मात्र खेल्ने भएको छ । पाकिस्तानले दुई खेल खेल्न प्रस्ताव अघि सारे पनि नेपालमा मंसिर ४ गते आम निर्वाचन भएका कारण एक मात्र मैत्रीपुर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।

यस्तै, एन्फाले पाकिस्तानसंगको मैत्रीपुर्ण खेलका लागि दुई प्रशिक्षक प्रवेश कटुवाल र नवीन न्यौपाने मध्ये एकलाई जिम्मेवारी दिने बताएको छ ।