विश्व कपमा नेदरल्यान्ड्सको सुखद सुरुवात

नेदरल्यान्ड्सले कतारमा जारी फिफा विश्वकपमा जित हासिल गरेको छ ।

दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले दुबै गोल गरेको थियो ।

खेलको ८४औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।

यस, जितसँगै नेदरल्यान्ड्सले पहिलो खेलमै ३ अंक जोडेको छ ।

समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।

सेनेगलले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

सेनेगल तेस्रो स्थानमा रहेको छ ।