नेदरल्याण्ड्सका मुख्य प्रशिक्षकले गरे पदत्यागको घोषणा 

नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भ्यान गाल आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। जारी विश्व कपको क्वाटर फाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा हार्दै नेदरल्याण्ड्स नकआउट भए पछि लुइस भ्यान गालले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

२०१४को विश्व कपमा पनि नेदरल्याण्ड्सको नेतृत्व गरेका लुइस भ्यान गाल २०२१को अगस्तमा नेदरल्याण्ड्सको मुख्य प्रशिक्षकको रूपमा फर्केका थिए। उनको नेतृत्वमा नेदरल्याण्ड्स फम निकै राम्रो रहेको थियो भने यो विश्व कपको ग्रुप स्टेजमा नेदरल्याण्ड्सको खेलको कारण नेदरल्याण्ड्सले यो वर्ष विश्व कप जित्न सक्ने धेरैको विश्वास रहेको थियो।

“पहिलो र मुख्य कुरा म यो पदमा जारी राख्दिन। मैले यो अवधिको लागि मात्र गरेँ। मुख्य प्रशिक्षकको रूपमा मेरो तेस्रो कार्यकालको यो मेरो अन्तिम खेल थियो,” भान गालले खेलपछिको पत्रकार सम्मेलनमा भने।

“आफ्नो कार्यकालमा नेदरल्याण्ड्सले २० म्याच खेलेको छ र हामीले एउटा पनि हारेनौँ। मलाई थाहा छैन हामीले कतिवटा खेल जित्यौँ, तर तपाईँ गुगलमा ‘लुइस भ्यान गाल, डच टोली’ भनेर सर्च गर्दै आफैले गोल भिन्नता हेर्न सक्नुहुन्छ।”

जारी विश्व कपमा नकआउट भए पछि पदत्याग गर्ने उनी एक मात्र प्रशिक्षक होइन। बेल्जियमका मार्टिनेज, स्पेनका लुइस एनरिके र ब्राजिलका टिटेले पदत्याग गरेका थिए भने नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भ्यान गाल आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ