नयाँ प्रशिक्षकको नेतृत्वमा चेल्सीको पहिलो हार त्योपनि आफ्नै पुर्व क्लबबिरुद्ध

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार राती भएको खेलमा चेल्सीले हार बेहोरेको छ ।

ब्राइटनबिरुद्ध भएको खेलमा चेल्सी ४-१ ले पराजित भएको हो ।

यो चेल्सीको नयाँ प्रशिक्षक पोटर्सको नेतृत्वमा क्लबको पहिलो हार हो ।

खेलको पाचौं मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा चेल्सीका लोफ्टस चिकले आत्माघाती गोल गर्दै ब्राइटनलाई २-० को अग्रता दिलाए ।

४२ औं मिनेटमा फेरि चेल्सीका चालोभाले आत्माघाती गोल गर्दै ब्राइटनलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए ।

४८ औं मिनेटमा चेल्सीका हाभर्ट्जले गोल गर्दै चेल्सीलाई सान्त्वना गोल गर्दै ३-१ बनाए ।

९०+२ मिनेट ग्रोसले गोल गर्दै ब्राइटनलाई ४-१ को सहज जित दिलाउन मद्दत गरे ।

जितसंगै ब्राइटन साथौ स्थानमा रहेको छ भने चेल्सी पाचौं स्थानमा रहेको छ ।