नडालमा कोभिड-१९ पुष्टि

एजेन्सी, राफायल नडाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मुबाडाला विश्व टेन्निस च्याम्पियनसिप खेलेर फर्किए लगतै उनिमा कोरोना पुष्टि भएको हो ।

२० पटकको ग्रान्ड स्लाम विजेता नडाल शुक्रबार सेमिफाइनलमा एन्डि मुरेसंग पराजित भएको थियो ।

उनी केही दिन अघि मात्र लामो समयको चोट पछि कोर्टमा फर्केका थिए ।

उनले आफ्नो ट्विटर मार्फत कोरोनो संक्रमण भएको जानकारी गराएका हुन ।

उनले पैतालामा चोट बोके पछि पहिलो पल्ट आबु धाबीमा प्रतिस्पर्धा गरेका थिए ।

नडालले मेल्बोर्नमा हुने एटिपी प्रतियोगितामा प्रतिस्पर्धा गर्न तयारी थालेको छ । त्यस्तै, उनले अष्ट्रेलियन ओपनमा पनि प्रतिस्पर्धा गर्नेछ ।

अष्ट्रेलियन ओपन जानवरी १७ देखि सुरु हुने तालिका रहेको छ ।