ब्राजिल र जर्मनीको नमिठो हार

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तर्गत मंगलबार राती भएको खेलमा ब्राजिल र जर्मनी दुबै टोलि पराजित भएको छ ।

सेनेगलले १–० ले पछि परेको स्थिति ब्राजिलमाथि ४–२ को पूनरागमन जित निकालेको हो । सेनेगलको जितमा मानेले दुई गोल गर्दा हबिब डियालोले एक गोल गरे । एक गोल उपहार पाएको थियो । ब्राजिलका लुकास पाक्वेटा र मार्किन्हसले गोल फर्काए ।

पोर्चुगलको लिस्वनमा मंगलबार राति भएको खेलको ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । तर, ब्राजिलको त्यो अग्रता लामो समय टिकेन । २२ औं मिनेटमा हबिब डियालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५२ औं मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि ब्राजिल खेलमा २–१ ले पछि पर्यो । ५५ औं मिनेटमा साडियो मानेले गोल गरेपछि ब्राजिल खेलमा ३–१ ले पछि पर्यो ।

५८ औं मिनेटमा मार्किन्हसले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सेनेगलले ब्राजिलमाथि सानदार पूनरागमन जित निकाल्न सफल भयो ।

त्यसैगरी, जर्मनीले भने कोलोम्बियाबिरुद्ध २-० को दु:खद हार बेहोरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी रहेको थियो भने दोस्रो हाफको ५४ औं मिनेटमा लिभरपुलका फर्वार्ड लुइस डियाजले गोल गर्दै कोलोम्बियालाई १-० को अग्रता दिलाउन सफल भयो ।

८१ औं मिनेटमा जुवान कुवाड्राडोले पेनाल्टी मार्फत गोल गर्दै जर्मनीलाई २-० ले पराजित गर्‍यो ।