दुई नयाँ डिफेन्डर साइन गर्ने म्यानचेस्टर युनाइटेडको योजना 

यो सिजन खराब प्रदर्शनको साथ सुरु गरेको म्यानचेस्टर युनाइटेडको हाम फम सुधार भएको छ भने युनाइटेड आफ्नो डिफेन्स अझै सुधार गर्ने योजनामा रहेको छ।

म्यानचेस्टर युनाइटेडका कोच एरिक टेन ह्यागले म्यानचेस्टर युनाइटेडको डिफेन्स बलियो बनाउन दुई नयाँ फुल-ब्याक साइन गर्ने आफ्नो योजना वारे पत्रकार सम्मेलन बोलेका छन् र नयाँ लेफ्ट र राइट ब्याक साइन म्यानचेस्टर युनाइटेडको प्राथमिकता हुने उनले बताएका छन्।

“हामीलाई २ राम्रो फुल-ब्याकहरू चाहिन्छ लेफ्ट र राइट पोजिसनमा किनभने हामीले अझै धेरै खेलहरू खेल्न बाँकी छ”- टेन ह्यागले भने।

युनाइटेडका हालका मुख्य राइट ब्याक वान-बिसाका चोट ग्रसित छन् भने उनको ठाउँमा डियोगो डालोट खेल्दै छन् र दुवै खेलाडीको भविष्य क्लबमा अनिश्चित रहेको छ।

युनाइटेडको लेफ्ट ब्याकमा भने लुक श रहेका छन्। युनाइटेडमा २७ वर्षीयको लेफ्ट ब्याकको प्रदर्शनमा स्थिरता रहेको छैन जसको कारण टेन ह्याग उनको पनि विकल्पको खोजीमा रहेका छन्।

हाल युनाइटेडको नजर बायर लेभरकुसेनका राइट-ब्याक जेरेमी फ्रिमपोङमा रहेको छ भने अन्य फुल-ब्याकहरु माथि पनि युनाइटेडले निगरानी राख्दै गरेको जानकारी छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ