दुई गोल गरे पनि खेल पछि हालान्ड सँग किन रिसाए पेप गार्डियोला

इङलिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटी बर्नली माथि सहज जित हासिल गरेको थियो भने उक्त खेलमा स्टार स्ट्राइकर अर्लिंग हालान्ड फेरी नायक बने तर उनको दुई गोलको योगदान बाबजुद खेलको हाफ टाइममा सिटीका कोच हालान्ड सँग असन्तुष्ट थिए।

पहिलो हाफको खेल अन्त्य भए पछि सिटीका कोच पेप गार्डियोला आफ्नो स्टार स्ट्राइकर सँग खुसी नरहेको देख्न सकिन्थ्यो भने पेपले हालान्डलाई केही भन्दै गरेको पनि देख्न सकिन्थ्यो र पेपले आफ्नो रिस क्यामेरा म्यान माथि पनि पोखेका थिए जसको भिडियो हाल भाइरल हुँदै गएको छ।

खेल पछिको अन्तर्वार्तामा हालान्ड सो क्षणको वारे बोले र पेप आफू सँग किन रिसाएको पनि हालान्डले खुलाए।

“कोचको उक्त प्रतिक्रिया खेलको अन्तिममा भएको क्षणबाट थियो।”- हालान्डले बताए।

“जब बर्नार्डोले मलाई पास खेलाएनन् म अलि आक्रोशित भएँ जसको कारण पेप म सँग रिसाए।”

सिटीका कोच पेपले आफ्नो आफ्नो आक्रोशको वारे बोले: “उनी(हालान्ड) सधैँ बल आफूलाई, म्यान-टु-म्यान चाहन्छन्।

“तर जब तपाईँसँग अन्तिम दुई मिनेट बाँकी छ र कोभासिक पछाडि गएर बल हराए, र रोड्रिले पनि बल गुमाए, र हालान्ड त्यो बेला बल चाहन्छ – बर्नार्डोले उनलाई त्यो बल पास नदिनु सही थियो।”- पेपले बताए।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा हालान्डले दुई गोल गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए ।

यस खेलमा बर्नलीका अनास जाराओरीले रातो कार्ड पाएका थिए ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ