बायर्न म्युनिकका साडियो मानेले यो वर्ष हुने २०२२ विश्वकप गुमाउन भएका छन्। मङ्गलवार राती भएको खेलमा वेन्डर ब्रेमेनसंगको खेलमा माने घाइते हुन पुगेका थिए भने उनको उक्त चोटको कारण उनले सेनेगल सँग यो वर्षको विश्वकप खेल्न नपाउने भएको छ।
BREAKING: Sadio Mane ‘is OUT of the World Cup’ with injury https://t.co/0jrF9NKOG1 pic.twitter.com/AOeumtLAnf
— MailOnline Sport (@MailSport) November 9, 2022
माने खेल सुरु भएको १५ मिनेटमा चोट बोक्न पुगेका थिए । उनको घुँडामा चोट लागे पछि सानेले मानेको स्थानमा मैदान प्रवेश गरेका थिए ।
विश्वकप २०२२ सुरु हुन मात्र १३ दिन बाकी रहेको बेला उनले चोट बोक्न पुगेको भने उनको अनुपस्थितले सेनेगललाई ठुलो क्षति हुनेछ ।
दुई पटकको अफ्रिकन वर्ष खेलाडीको अनुपस्थितीमा सेनेगलले विश्व कपमा नेदरल्यान्ड, आयोजक कतार र इक्वेडरको सामना गर्नु पर्ने हुन्छ ।
🚨 Sadio Mané has been ruled out of the World Cup after suffering an injury last night for Bayern Munich.
(Source: @Lequipe) pic.twitter.com/vbZLlD6m7Q
— Transfer News Live (@DeadlineDayLive) November 9, 2022
तर, बायर्नको लागि भने मङ्गलवारको खेल सुखद रह्यो । उसले ब्रेमेनलाई ६-१ गोलको फराकिलो अन्तरले हराउदै शिर्ष स्थानमा पकड मजबुत बनाएको छ ।
साबिक विजेता बायर्नको जितमा मुसियला, गोरेजका र टेलले एक एक गोल गर्दा जिनाब्रिले ह्याट्रिक गरेका थिए । ब्रेमेनका लागि एक मात्र गोल जङले गरे ।