दिप ज्योति अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि माउन्ट ग्लोरीलाई

तेस्रो संस्करणको दिप ज्योति अन्तर स्कुल फुटसल प्रतियोगिताको विजेता Mount Glory International English Boarding High School हुन सफल भएको छ। New Knowledge English Boarding High School लाई २-० ले पराजित गर्दै माउन्ट ग्लोरीले उपाधि जितेको हो।

यस प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गर्दै माउन्ट ग्लोरीका संजय लामा सर्वश्रेष्ठ खेलाडी भए भने सर्वश्रेष्ठ गोलकीपर निउ नलेजका सुजन मल्ल भए।

राष्ट्रिय फुटसल टिमका प्रशीक्षक तथा यस प्रतियोगिताका आयोजक गौरव बस्नेतले कार्यर्कम सफल भएको कुरा जानकारी गराउनु भयो।

विजेता टिम माउन्ट ग्लोरीले २०,००० नगद पुरस्कार प्राप्त गरे भने उपविजेता टिम निउ नलेजले १०,००० नगद पुरस्कार प्राप्त गरे।

 

 

NepMag Sports a subsidiary of NepMag Network. We post latest, informative, and entertaining sports-related articles for you to read! We will keep you updated with the most recent articles about scores, fixtures, rumors, and facts about the sports from all around the world!