थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लब बीचको खेल बराबरीमा रोकियो

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबिरुद्धको खेल बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा थ्री स्टारले १-० को अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा लाल राममाभ्राले गोल गर्दै थ्री स्टारलाई १-० को अग्रता दिलाएका हुन् ।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै मनाङका अन्जनलाई डि बकस भित्र थ्री स्टारका अशोक खवासले फल हाने पछि पेनाल्टमा अन्जन बिष्टले गोल गर्दै १-१ को बराबरीमा ल्याएको हो ।

खेलको ६९ औं मिनेटमा अन्जन बिष्टले फेरि गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाएको हो ।

८३ औं मिनेटमा फेरि राममाभ्राले व्यक्तिगत दोस्रो गोल गर्दै खेेल २-२ को बराबरीमा ल्याएको हो ।