लिग १ च्याम्पियन पेरिस-सेन्ट जर्मेनले थोमस टुचेलको सम्भावित प्रतिस्थापनको लागि ध्यान दिइरहेको खबर छ। खबर अनुसार पिएसजी थोमस टुचेलका प्रतिस्थापनको खोजीमा छन् र मासिमिलियानो एलेग्री र माउरिसियो पोचेटिनो पिएसजीको योजनामा रहेको कुरा छ।
(☀️) Massimiliano Allegri 🇮🇹 and Mauricio Pochettino 🇦🇷 are the main contenders to take over from Thomas Tuchel 🇩🇪, with sources telling ESPN the PSG boss is under mounting pressure ahead of this weekend’s crucial Ligue 1 encounter at league leaders Lille. [@LaurensJulien] #PSG pic.twitter.com/abX7PPqWGR
— RouteOneFootball (@Route1futbol) December 18, 2020
दुबै एलेग्री र पोचेटिनो हाल क्लब बिहिन छन्। एलेग्रीले युभन्टसमा राम्रो गरेका थिए भने पोचेटिनोले टोटेनह्यामलाई च्याम्पियन्स लिग पुग्न मद्दत गरेका थिए। यद्यपि,पेरिस-सेन्ट जर्मेनमा टुचेल धेरै दबाबमा छन्। आउँदो लिल बिरुद्धको खेल क्लबमा टुचेलको भविष्यबारे निकै महत्त्वपूर्ण हुने कुरा छ।
Informa @espn que Thomas #Tuchel afronta un duelo clave el domingo frente al #Lille ya que su continuidad en el @PSG_espanol está en juego.
Suenan Mauricio #Pochettino y Massimiliano #Allegri como posibles reemplazantes.#PSG #Ligue1 pic.twitter.com/5K3OxJGSef
— Transfermarkt.com.ar (@TMarg_news) December 19, 2020
हाल पिएसजी लिगको तेस्रो स्थानमा रहेको छ। पिएसजीको लक्ष्य धेरै समय देखि च्याम्पियन्स लिग रहे छ र गत सिजन पिएसजी फाइनल पुगे पनि जित्न असफल भएको थियो।
पेरिस-सेन्ट जर्मेनमा टुचेल वरपरको मुख्य चिन्ता क्लबको ‘पहिचानको अभाव’ रहेको खबर छ र पिएसजी उनको विकल्पको खोजीमा सक्रिय हुने कुरा छ।