एफए कप अन्तर्गत आइतबार राती भएको तेस्रो डिभिजन (लिग वान) को क्लब श्रेव्स्बरी टाउन र लिभरपुलको खेल बराबरीमा रोकिएको छ ।
खेलमा लिभरपुलले २-० को अग्रता गुमाउँदै २-२ को बराबरीमा खेल सक्किएको हो ।
लिभरपुलले १५ औं मिनेटमा कर्टिस जोन्सको गोलबाट अग्रता लिएको हो ।
दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै श्रेव्स्बरीका खेलाडी लभले आत्मघाती गोल गर्दै लिभरपुलले २-० को अग्रता लिन सफल भयो ।
६५ औं मिनेटमा कुम्मिङ्सले पेनाल्टी मार्फत गोल गर्दै श्रेव्स्बरीले २-१ बनायो ।
७५ औं मिनेटमा फेरि कुम्मिङ्सले गोल गर्दै खेल २-२ मा समाप्त भयो ।
बराबरीसंगै यी दुई टोलिले लिभरपुलको घरेलुु मैदान एन्फिल्डमा रिप्ले खेल्ने छ ।