डेभिसले विश्व कपका केही खेल गुमाउने सम्भावना

ढोहा । बायर्न म्युनिक तथा क्यानेडाका युवा स्टार अल्फ्न्सो डेभिसले विश्व कपमा पहिलो खेल गुमाउने सम्भावना बढेको छ । क्यानेडाले आफ्नो पहिलो खेल बेल्जियम सँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।

यसै महिनाको सुरुवातमा ह्याम्स्ट्रिङ्गमा समस्या आए पछी उनी रिकभरी चरणमा रहेका छन ।

क्यानेडाको मुख्य प्रशिक्षक जोन हेर्ड्म्यानले डेभिस अझै पूर्ण रुपमा फिट नभएको बताएका छन ।

उनले १९८६ पछी पहिलो पटक विश्व कपमा सहभागी हुन पाउदा खुशी भएको समेत बताए ।

त्यस्तै, क्यानेडाका अन्य दुई नियमित खेलाडी मिडफिल्डर स्तेफन उस्टायो र गोलकिपर मिलान बोर्जान खेल्ने वा नखेल्ने टुङो छैन ।

कतार विश्व कपमा समुह ‘एफ’ मा रहेको क्यानेडासंगै २०१८ अप-विजेता क्रोएसिया, बेल्जियम र मोरोको रहेको छ ।